अभिनेत्री श्रद्धाद्धारा लमजुङका १९ परिवारलाई राहत

अभिनेत्री श्रद्धा क्षेत्रीद्धारा बाढी पीडितलाई राहत विरण गरेकी छन् । पैदललै घन्टौं हिँडेर लमजुङको दोर्दीका बाढी पीडितलाई राहत वितरण गर्न पुगेकी हुन् ।
अविरल वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले घरबास गुमाएका १९ परिवारलाई व्यक्तिगत रूपमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेकी छन् ।
श्रद्धाको टिमलाई दोर्दी गाउँपालिकाका प्रमुख ओम बहादुर गुरुङले स्वागत गरेका थिए भने बाढी पीडितको पीडामा मल्हम लगाएको भन्दै धन्यवाद दिए ।
फिल्म ‘कृष्ण लीला र हृदयभरी’ मा मुख्य अभिनेत्रीको भुमिका काम गरेकी श्रद्धाकोसामाजिक कार्यलाई निरन्तरता दिने सोच रहेको बताउँछिन् । फिल्म ‘कृष्ण लीला’ कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि प्रदर्शन रोकिएको छ भने ‘हृदयभरी’ त निर्माणकै क्रममा छ । निषेधाज्ञा खुकुलो हुना साथ छायांकनमा जाने टिमको तयारी छ ।