फिल्ममा पनि खोज्दैछन् पल र प्रकृतिलाई दर्शकले

आठ वर्ष अघि म्यूजिक भिडियोमा जमेको जोडी अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठलाई दर्शकले फिल्ममा पनि हेर्न चाहेको बताएका छन् । आठ वर्ष अघि मेल भर्सनमा अभियन गरेको ‘को होला त्यो’ बोलको म्युजिक भिडियोमा रुचाइएका यो जोडीले यतिखेर फिमेल भर्सनमा पनि अभिनय गरेका छन् । यो म्युजिक भिडियोलाई दर्शकले दुबैको भिडियो राम्रै रुचाएका छन् ।

भिडियोमा पल र प्रकृतिलाई मन पराउने दर्शकको फिल्ममा पनि यो जोडी हेर्न इच्छा छ । तर कहिले भन्न सकिन्न । यस अघि ‘आई लभ यू’, ‘पूर्णिमाको चन्द्रमालाई’, ‘तिम्रो चञ्चले रुपले’ लगायत म्युजिक भिडियोमा अभिनय गरेका थिए । भिडियोमा जमिरहेका बेला प्रकृति विवाह बन्धनमा बाँधिएपछि छुटिएको थियो । विवाह अगाडि ‘होस्टेल’ र ‘उत्सव’ दुई फिल्म अभिनय समेत गरेकी प्रकृति विवाहपछि भने श्रीमानसँग अष्ट्रेलिया बस्दै आएकी थिइन् ।