नम्रता लेख्छिन्,‘खै कुरा बुझेको ?’

अभिनेत्री नम्रता सापकोटा फिल्ममा भन्दा बढि विवादित विषयमा चर्चा पाउने अभिनेत्री हुन् । गत वर्ष लकडाउनको समयमा फिल्म क्षेत्रमा ‘परिवारवाद’ हाबी भएको भन्दै बयान दिएपछि नम्रता तारिफ र आलोचित बनेकी थिइन् ।

उनी यसै विवादका कारण थप चर्चामा आएकी थिइन् । उनी आफुलाई मनमा लागेका कुरा र देखेको कुरा भन्न नडराउने अभिनेत्रीका रुपमा पनि चिनिन्छिन् । गत वर्षको निषेधाज्ञामा पारिवारवादको कुरा ल्याएर चर्चामा आएकी नम्रता यसपटकको निषेधाज्ञामा भने सामाजिक कार्य गरेर चर्चामा रहेकी छन् । उनी अहिले सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छन् ।

नम्रता निषेधाज्ञाको समयमा बाल आश्रमहरुमा पुगेर सहयोग वितरण गरेकी छन् बाल आश्रममा पुगेर खिचेको तस्विर सहित नम्रताले सामाजिक संजालमा लेखेकी छन,‘मानिस ठूलो दिलले हुन्छ । सबैको रगत रातो हुन्छ । खै कुरा वुझेको ?’

पछिल्लो समयमा जातका बारेमा प्रश्न उठेका कारण उनले यो तर्क गरेको हो की भन्ने बुझिन्छ । सामाजिक संजालमा उठेको जातको प्रश्नमा उनले, मानिस जातले भन्दा पनि दिलले ठूलो हुने हो भन्ने भाव व्यक्त गरेकी छिन् । नम्रता सापकोटाले अभिनय गरेका फिल्म हिट छैनन् । तर, उनी स्पष्ट बोल्ने बानीलाई चर्चामा आउने गरेकी छन् ।