आर्यनले छाडेको फिल्ममा अक्षयकुुमार
फिल्ममा अनुबन्धित हुँदै बाहिरिएपछि अहिले कार्तिक आर्यनलाई फिल्मकर्मीले हैरानी भोग्न थालेका छन् । एकपछि अर्को फिल्म छोडेका आर्यनले निर्देशक करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना–२’ पनि छाडेपछि उनको ठाउँमा अभिनेता अक्षय कुमारले काम गर्ने भएका छन् ।
अक्षय भन्दा पहिला उनले पहिले कार्तिक आर्यनको चयन गरेका थिए । तर, केहि साता नहुदै यस फिल्ममा काम नगर्ने भन्दै आर्यनले हात झिकेपछि उनको स्थानमा अहिले अक्षय कुमार भित्राइएका छन् ।
भारतिय मिडियाका अनुसार आर्यनले छोडेको फिल्मका लागि अक्षय कुमारले सहमती समेत जनाएका छन् । अहिले अक्षयकुमारको व्यस्तताका कारण यो फिल्मको छायांकन अर्को वर्षमात्रै हुने बताइएको छ । फिल्म‘रक्षाबन्धन’ निर्माण गरिरहेका अक्षय कुमारको हातमा ‘बेल बटम’ र ‘अतरन्गी’ रहेको छ ।
प्रतिक्रिया