नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ले जित्यो जुरी अवार्ड

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जुलुड्गोले अवार्ड हात पारेको छ । राजेशप्रसाद खत्रीले निर्देशन गरेको जुलुङ्गो (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको हो । त्यस्तै लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको फिल्मले पनि ‘ग्रामर्सी’ले अवार्ड हात पारेको छ ।

हिजो सम्पन्न महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ भने सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गर्यो । भर्चुअल रुपमा चार दिनसम्म चलेको महोत्वममा उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ले जितेको छ ।

उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले हात पारेको छ भने लेमोह्याङ जेरिमाया मोसेजद्धारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त गरेको छ । नेपाल–अमेरिका फिल्म महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा फिल्म निःशुल्क रुपमा प्रदर्शन गरिएको थियो । सधैँ भौतिक रुपमा उपस्थित भएर गरिने यस महोत्सवमा यस पटक भने ‘कोभिड महामारीका बाबजुद हामीले भर्चुअल्ली रुपमा गरिएको थियो ।

नेपाल–अमेरिका फिल्म महोत्सव सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीका अनुसार महोत्सव भर्चअल्ली रुपमा पनि सफल भएको जानकारी दिएका छन् । दर्शक, फिल्मकर्मी र कलाका प्रेमीहरुबाट राम्रो प्रतिक्रिया मिलेको बताए । महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए ।