अक्षयकुमारले थाले कोरोनाकहरका बीच ‘रक्षाबन्धन’ को सुटिङ
कोरोनाको कहर कम भएसँगै बलिउडका फिल्मीकर्मी फिल्म छायांकनका लागि ताएिका छन् । अभिनेता अक्षयकुमारले पनि फिल्म ‘रक्षाबन्धन’ को सुटिङ नै आजबाट छायांकन थालेका छन् । उनले एक छायांकनको तस्विर सामाजिक सञ्जालमा स्पोट गर्दै अक्षयले जानकारी दिएका हुन् ।
अक्षयले पोष्ट गरेको तस्विरमा उनका साथमा निर्देशक आनन्द एल रायसँग देखिएका छन् । पहेलो कुर्ता र ग्रे पाइट लगाएका अक्षय आनन्दसँगै बसेर कुरा गरिरहेका छन् । फिल्म ‘रक्षाबन्धन’ मा अक्षयको बहिनीको भूमिका साहेजमीन कौर, दीपिका खन्न, सादिया खतिव र स्मृति श्रीकांतले निभाएका छन् ।
गत वर्ष रक्षा बन्धनको दिन घोषणा गरेका अक्षयकुमारले यो फिल्म आफ्नो बहिनी अलकालाई समर्पित गरेका छन् । अलका यो फिल्मको सह प्रोडुसर पनि हुन् । फिल्म ‘रक्षाबन्धन’ को रिलिज गर्ने अक्षयको तयारी रहेको छ । अर्थात ५ नोभेम्बर रिलिज हुने छ ।
प्रतिक्रिया