निर्देशक समाजको निशालाई ५१ हजार सहयोग

चलचित्र निर्देशक समाजको पहलमा अभिनेत्री निशा घिमिरेलाई आर्थिक सहयोग संकलन गर्दै मोडल निशा घिमिरेको परिवारलाई प्रदान गरेको छ । अमेरिकामा बसोबास गर्दै आएका सुमन दाहाल, अशोक श्रेष्ठ, किशोर सुब्बा, गोपाल चन्द्र लामिछाने, अक्की शर्मा, पवन गौतम, अनिल संग्रौला, दिनेश कार्की र पत्रकार रघुनाथ सापकोटाबाट प्राप्त ५१ हजार निशाको परिवारलाई हस्तान्तरण गरेको हो ।

चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कार्यसमिति सदस्य देबेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार संघका सचिव रघुनाथ सापकोटाले सहयोग रकम हस्तान्तरण गरेका हुन् । बिहीवारदेखि नर्भिक अस्पतालमा उपचारार्थ निशाका लागि देश तथा विदेशबाट सहयोग रकम जुटिरहेको छ । नर्भिक अस्पतालले उनको उपचार निःशुल्क भइरहेको छ । अस्पताल भर्ना भएपछि उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनले एक फिल्मसँगै टेलिसिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।