सरकारसँग चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन निर्माता संघको माग

एक वर्ष देखि यता फिल्म हल चलेका छैनन् । करोडौ रुपैया घाटामा रहेका फिल्महल वाला तथा फिल्मकर्मीहरु छायांकनका क्रममा कोभिडको सिकार भएका छन् । अहिले कोरोनाको खोप माग्दै फिल्मकर्मी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालको ढोका ढकढक्याइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोपको माग गर्दै चलचित्र निर्माता संघले ज्ञापन पत्र बुझाएको छ । अस्तिको दिनको निर्माता संघका अध्यक्ष आकाश अधिकारी सहितको टिमले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पत्र बुझाउँदै ५ हजार कोभिड खोप उपलब्ध गराउन माग राखेका छन् ।

ज्ञापन पत्रमा फिल्मकर्मीले आजका मितिसम्म खोप उपभोग गर्न नपाएको र संघको ४ सय ५० सदस्यसहित सम्पुर्ण चलचित्रकर्मी निर्माता निर्देशक, प्राविधिक,चलचित्र भवन तथा व्यवस्थापक, श्रष्टा, सर्जक, गीत संगीतकर्मी,द्धन्द ,नृत्य,चलचित्र उपकरणकर्मी,आदिबासी जनजाती चलचित्रकर्मी लगायत अन्य संघ–संस्थाले उपलब्ध गराएको नामावलीको आधारमा ४ हजार ५ सयदेखि ५ हजार खोप उपलब्ध गराउन अनुरोध गर्दछौं भनिएको छ ।

कोरोनाका कारण फिल्म छायांकनमा अवरोध हुने भन्दै सो कार्यक्रम गरिदिन सरकारसँग माग गरेको संघका अध्यक्ष अधिकारीले जाकारी दिएका छन् । यसअघि चलचित्र विकास बोर्डले पनि मन्त्रालयसँग ३ हजार चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप माग गरेको थियो ।