पन्द्र वर्षदेखि होमवर्क गरिएको सनीको फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल बन्ने पक्का

एउटा फिल्म हिट भएपछि त्यसैको सिक्वेल निर्माण गर्ने प्रचलन बढ्दै गएको छ । २० वर्ष अघि हिट फिल्म ‘गदर ः एक प्रेम कथा’ को सिक्वेल बन्ने भएको समाचार बाहिरिएको छ । सनी देवल, अमिषा पटेल र अमरीश पुरी अभिनित यो फिल्मले आज भन्दा २५० करोड कमाई गरेको थियो ।

त्यहि फिल्मको दोस्रो पार्ट निर्माण हुन लागेको भारतिय समाचारमा भनिएको छ । यस फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ । पहिलो फिल्म जहाँ सकिएको थियो । त्यहीबाट अर्को फिल्मको कथा सुरु हुने निर्माण पक्षले बताएको छ ।

फिल्मका निर्माण टिमका अनुसार फिल्ममा सनी (तारा सिंह), अमिषा पटेल (सकीना) र उनीहरुको छोरा जीतको कथा समेटिनेछ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगाडि बढ्नेछ । फिल्मको क्लाइमेक्स चेन्ज गरिने छ । फिल्मको छायांकन सनीको समय अभावको कारण ३ वर्ष हुन नसकेको निर्माण पक्षको भनाई छ ।