भर्चुअलमा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरिदै

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यो बर्ष जुन १७ देखि २० सम्म भर्चुअलरुपमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण यस वर्ष भर्चुअलरुपमा रुपमा नै महोत्सव हुन लागेको हो । यो भन्दा अघिल्लो वर्षहरुमा भने भौतिक रुपमा आयोजना हुँदै आएको थियो ।
४ दिनसम्म चल्ने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा प्रदर्शन भएको चलचित्रका बिषयमा निर्माता–निर्देशक तथा कलाकारसँग छलफल गरिने छ । महोत्सवमा ६ जना महिलाको निर्णायक मण्डल रहेका छन् । जसले उत्कृष्ट फिल्म पुरस्कारका लागि घोषणा गर्ने आयोजकले बताएको छ ।

नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब रहेका छन् । कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।