राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्धारा मोडल निशालाई ५१ हजार सहयोग

मोडल निशा घिमिरेलाई आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको छ । नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको परिवारलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि आर्थिक सहयोग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी., निवर्तमान अध्यक्ष बद्री पंगेनीसहित अन्य सदस्यहरु नर्भिक अस्पताल पुगेर मोडल घिमिरेको स्वास्थ्य अवस्था बुझ्दै उनको परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरिएको हो ।

नर्भिक अस्पताल पुगेका संघका अध्यक्ष सहितको टिमले प्रतिष्ठानको कलाकार कल्याणकारी कोष र ‘कोभिड १९ सहयोग समिति कोष’बाट उक्त रकम सहयोग गरिएको प्रतिष्ठानले बताएका छन् । साथै प्रतिष्ठानले निशाको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए ।