सुशान्तका शुभचिन्तकको प्रश्न : ‘आखिर कहिले मिल्छ न्याय’

बलिउडका लोकप्रिय अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु भएको एक वर्ष पूरा भएको छ । उनको २०२० जुन १४ मा निधन भएको थियो । आफ्नै अपार्डमेन्टमा मृतक भेटिएका सुशान्तको हत्या हो कि आत्महत्या अझै टुङ्गो लागेको छैन । जुन घटनाको अहिले पनि अनुसन्धान भइरहेको छ । सुशान्तको मृत्यु भएको एक वर्ष पुग्दा पनि उनका प्रशंसकले अहिले पनि उनलाई भुल्न सकेका छैनन् ।

उनी माथी विभिन्न आरोप लागेता पनि मृत्युको खास कारण के हो भन्ने बारेमा अझै पनि सीबीआई र एनीसीबीले अनुसन्धान गरिरहेको छ ।
समय समयमा सुशान्तको बारेमा र उनका नजिकका अभिनेत्री तथा प्रेमीकासँगको सोधपुछ भएको खबर बाहिरिदै आएका छन् । तर, पनि खास घटना के हो भनेर पत्ता लागउन नसकेको अवस्थामा हिजो मृत्यु भएको एक वर्ष पुगेको समयमा उनका एक फ्यानहरुले सामाजिक संजालमा उनको सम्झना फरक फरक तवरले गर्दै न्यायको समेत माग गरेका छन् ।

एक सामाजिक प्रयोगकर्ताले समाजिक सञ्जालमा लेखेको ‘आखिर कहिले मिल्छ न्याय’ । उनले सुशान्तको न्याय नपाएको दुखेसो पोख्दै चाँडै न्याय दिलाउन माग गरेका छन् । उनी लगायत धेरैले सुशान्तको सत्यतथ्यको माग राखेका छन् । अर्काे सामाजिक ससञ्जालकर्ताले लेखेका छन्, ‘१४ जुन २०२०, दिनको २ बजे एक आएको समाचारले मेरो मन दुखाएको छ ।’ ती युर्जसले आफु कसैको निधनमा पहिलो पटक रोएको र त्यो ब्यक्ति सुशान्त सिंह भएको बताएका छन् । उनले अगाडि भनेका छन् ‘हामीले भारतीय फिल्मको एक रत्न गुमाएका छौँ।’