एक हप्तामा वर्षाले घटाईन २ केजी तौल

डेढ महिना देखि देशभर लागेको निषेधाज्ञाका कारण सबै मान्छेहरु घरभित्र थुनिएका छन् । यसमा फिल्मकर्मी तथा कलाकारहरु पनि घरमा नै थुनिएर बस्न बाध्य छन् । कतै कार्यक्रम छैनन् भने फिल्मका छायांकन ठप्प छन् । यस्तो अवस्थामा केहि कलाकारहरु सामाजिक कार्यक्रममा सक्रिय भएर लागेका छन् । कोही टिकटकमा रमाइरहेका छन् त कोही आफ्नै युट््यव चलाएर आर्थिक कमाइरहेका छन् ।

यस्तो अवस्थामा अभिनेत्री वर्षा सिवाकोटी भने आफ्नो शरिरको तौल घटाइरहेकी छन् । उनी हरेक दिन शरिरको तौल घटाउन पसिना बगाइरहेकी छन् । उनी कुनै जिमखाना पुगेर शरिरको तौल घटाउन लागकी भने होइनन् घरमै व्यायाम गरेर उनी आफ्नो तौल घटाउन प्रयासरत रहेको कुरा उनका तस्विरहरुले जनाउँदै आएका छन् ।
उनले आज सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक स्टोरीमा व्यायाम गरेपछि खिचेको केहि तस्विर पोस्ट गरेकी छन् । उनले तस्विर पोष्ट गर्दै एक हप्तामा २ केजी तौल घटाउन सफल भएको उल्लेख गरेकी छन् । उनले सार्वजनिक गरेको तस्विरमा निकै स्लिम र फिट रहेको पनि देखिन्छ ।

नेपाली फिल्ममा चल्तीकी हिरोइन् हुन् वर्षा । अरु अभिनेत्री बेरोजगार बस्दा वर्षालाई भने एकपछि अर्को फिल्ममा काम पाइरहेकी हुन्छिन् । सोलो अभिनेत्री रहेका फिल्म सफल नभए पनि उनको हातमा फिल्मको कमी छैन । उनले निषेधाज्ञाभन्दा अघि मानै ‘ए साथी सुन’ को छायांकन सकेकी छन् भने केहि फिल्ममा काम गर्न नभ्याएर छोडेकी थिइन्् । उनी अभिनित फिल्म ‘लक्का जवान, परदेशी २, मनसँग मन’ फिल्म प्रदर्शनको पखाईमा छन् । कोरोनाका कारण हल बन्दभएपछि ‘लक्का जवान’ प्रदर्र्शन हुुन सकेको छैन भने ‘परदेशी गतवर्षको लकडाउनपछि छायांकन सकिएको हो ।