कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चाज

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका भएका थिए । उनको स्वास्थ्यमा राम्रो सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको उनका छोरो यमन श्रेष्ठले जानकारी दिएछन् ।

उनका अनुसार डाक्टरले करिब एक महिना रेष्ट गर्न सल्लाह दिएका छन् भने दुई सातापछि फेरि रेगुलर फलोअपका लागि डाक्टरले बोलाएका छन् । श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ । एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको हो ।
यो भन्दा अघि कलाकार श्रेष्ठ कोरोना संक्रमण भएका कारण दुई पटक अस्पताल भर्ना भइसकेका छन् ।