अभिनेता दिलीप कुमारको मृत्युको खवर हल्ला, स्वास्थ्यमा सुधार

बलिउड अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा सहभागी डाक्टर जलील पारकरले स्वास्थ्यमा सुधार आए बताएका छन् । केही दिन अगाडि सामाजिक संजालमा दिलीप कुमारको निधनको हल्ला फैलिएको थियो ।

जसका कारण डा. पारकरले उनको स्वास्थ्यको अपडेट गराएका हुन् । उनले भने, ‘दिलीप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ । तर उनी अक्सिजन सपोर्टमा छन् ।’अभिनेता दिलीप कुमारले केहि दिन अघि ट्वीट मार्फत कुनैपनि किसिमको हल्लालाई सत्य नमान्न आग्रह गरेका थिए । डाक्टरका अनुसार २–३ भित्र उनी अस्पतालबाट डिस्चार्ज हुनेछन् ।