जन्मदिनको शुभकामना राजेश हमाल, यस्तो छ उनको फिल्म करियर

नेपाली फिल्मका अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । पाल्पामा जन्मिएका राजेश हमाल आजबाट ५८ बर्षमा प्रवेश गरेका छन् । नेपाली फिल्म क्षेत्रमा धरासायी बन्दै गरेका अवस्थामा राजेशको प्रवेश भएको थियो । उनले अभिनय गरेको पहिलो फिल्मबाट नै उनलाई चर्चामा पुर्याएको थियो । जसका कारण उनी त्यो समयमा फिल्ममेकरको नजरमा परेका थिए ।

पहिलो फिल्म ‘भाग्य रेखा’मा अनुबन्धित भएका हमाललाई अनेक बहानामा निकालिएको थियो । पहिलो फिल्ममा नै काम गर्ने लाग्दै गर्दा निकाएिपछि उनले फिल्म ‘यूगदेखि यूगसम्म’ मा अभिनय गरे । उनको पहिलो फिल्म नै यहि हो भन्ने गरिएको छ । उनले यो फिल्ममा काम गरेपछि हमालले कहिलै पछाडी फर्किएर हेर्नुपरेन ।

करिव ३ दशक फिल्म क्षेत्रमा विताएका हमालका ‘देउता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तिन भाई’ लगायतका दर्जनौ फिल्म सफल भएका थिए । पछिल्लो समय अभिनय गरेका फिल्म असफल भएपछि उनले फिल्ममा अभिनय गरेनन् । फिल्म कुन राम्रो कुन नराम्रो भन्ने भन्दा पनि पैसाका पछि दौडिएको आरोप लाग्न थालेपछि चार वर्ष यता उनले कुनै फिल्ममा अभिनय गरेका छैनन् ।
हालै ‘सत्यम्’नामक फिल्ममा साइन गरेर बसेका हमाल कोरोनाका कारण छायांकनमा निस्कन पाएका छैनन् । उनको आस लाग्दो फिल्मका रुपमा पनि यसलाई हेरिएको छ । अभिनेताको महानायकको उपाधिको कुरा गर्ने हो भने १४ बर्ष अघि नै दिइएको थियो । तर यो महानायकको उपाधिको बेला बेलामा विवाद तथा वहस समेत चल्दै आएको छ । यसबारेमा उनी खासै केहि बोल्न रुचाउदैनन् । अध्ययनसिल कुरामा निकै अगाडी रहेका हमाललाई दर्शक र मिडियाले ‘महानायक’को रुपमा सम्बोधन गर्ने गरेका छन् । मेरोफिल्मको तर्फबाट अभिनेता राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।