एनसीबीसामु रियाको बयान : ‘कुनै समय मैले पनि सारासँग रोल्ड डुबिज लिएकी थिएँ ।’
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको लामो समय भइसक्दा पनि उनको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन । तर उनीसँग जोडिएको केसले भने अझै चर्चा पाइरहेको छन ।
सुशान्तसँग जोडिएका हरेक कलाकार तथा फिल्मकर्मीसँग सोधपुछको काम अझै सकिएको छ । यहि भिडमा आज सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोले बयान लिएको छ । यसबारेमा रियाले आफ्नो बयान दिएकी छन् जुन कुरा सार्वजनिक भएको छ । उनले बयानका क्रममा अभिनेत्री साराअली खानले ड्रग्स सेवन गर्ने गरेको बयान दिएकी छिन् ।
रियाले दिएको यो बयानलाई एनसीबीले आफ्नो चार्जसीटमा समेत समावेश गरेको छ । उनले बयानमा भनेकी छन्,‘हामीविच ड्रग्सको बिषयमा कुराकानी हुने गरेको थियो । साराले मसँग ह्याङओभर हुने उपाय बताउने गरेकी थिइन् । उनी आइसक्रिम र गाँजाको बिषयमा कुरा गर्थिन् र आफू सेवन पनि गर्थिन् । पीडाबाट छुटकारा पाउनका लागि गाँजाको अफर मलाई पनि गरेकी थिइन् । हामीविचमा म्यासेजमा मात्र कुरा भएको थियो । सारा रोल्ड डुबिज सेवन गर्थिन् । डुबिज गाँजाकै एक प्रकार हो । कुनै समय मैले पनि सारासँग रोल्ड डुबिज लिएकी थिएँ ।’
बयानमा क्रममा रियाले साराले घरमा भोड्का र मेरुआना ल्याउनका लागि अफर दिएको समेत भनेकी छन् । रहस्य के छ भने अभिनेत्री साराअली खानले एनसीबीलाई दिएको बयानमा सन् २०१८ मा आफू सुशान्तसँग प्रेम सम्बन्धमा रहेको उल्लेख गर्दै फिल्म ‘केदारनाथ’को छायांकनका क्रममा आफू सुशान्तसँग प्रेम सम्बन्धमा रहेको र उनीसँग उनको केप्री हाउसमा ५ दिन समय बिताएको बयानमा उल्लेख गरिएको छ ।
साराले फिल्म ‘केदारनाथ’को छायांकनका क्रममा सुशान्तले ड्रग्स सेवन गरेको र आफूले सेवन नगरेको बयान दिएकी थिइन् ।
यस अघि सुशान्तसँग नाम जोडिएका कलाकार दीपिका पादुकोण, राकुल प्रित सिंह, सारा अली खान लगायतसँग एनसीबीले सोधपुछ गरेको थियो ।
प्रतिक्रिया