सोनु सुदलाई प्रधानमन्त्री बन्न अभिनेत्री हुमाको आग्रह
बलिउड अभिनेता सोनु सुुदलाई भारतमा भगवानका रुपमा नै मान्ने गरेका छन् । गत वर्षको लकडाउनमा सयौँ मानिसको उद्धार गरेको र गरिव दुखीलाई आर्थिकका साथै विभिन्न सहयोग गरेको भन्दै उनलाई भगवानको रुपमा मान्ने गरेका छन् । फिल्ममा खलपात्रका रुपमा देखिए पनि असली हिरोका रुपमा उनलाई लिन थालिएको छ ।
समाज सेवामा दिनरात नभनी खटिएका सोनुलाई प्रधानमन्त्री बन्न अफर आएको छ । उनलाई केही दिन अघि बलिउड अभिनेत्री हुमा कुरेशीले भारतको प्रधानमन्त्री बन्नका लागि आग्रह गरेकी थिइन् । उनले सोनु भारतको प्रधानमन्त्रीका रुपमा चुनावमा उठे आफूले भोट हाल्ने बताएकी थिइन् ।
उनको यो भनाईलाई मनन् गर्दै अभिनेता सोनुले भारतिय मिडियासस्ँगको कुराकानीमा यो अलि धेरै नै भएको तर्क दिएका छन् । उनले प्रधानमन्त्र िबनाउने कुरामा भनेका छन्,‘यो अली बढि नै भयो कि । यदि, हुमालाई यस्तो लाग्छ भने पक्कै पनि मैले केही राम्रो काम गरेको हुनुपर्छ । तर, म उनीसँग सहमत छैन । हामीसँग सक्षम प्रधानमन्त्री छन् ।’
सोनुले प्रधानमन्त्रीको जिम्मेवारी समाल्न नसक्ने तर्क गर्दै आफू निकै सानो भएको बताएका छन् । उनले राजीव गान्धी ४० बर्षमै प्रधानमन्त्री भएको स्मरण गराउदै आफूसँग राजनीतिको अनुभव कम भएको उल्लेख गरेका छन् ।सोनुले कुराकानीका क्रममा राम्रो काम गर्नका लागि सत्ता र पदको आवश्यकता नभएको पनि बताएका छन् । काम गर्नका लागी सत्तामा नै जानुपर्छ भन्ने आफुलाई नलागेको सोनुको भनाई छ ।
प्रतिक्रिया