सास फेर्न गारो भएपछि अभिनेता दिलिप अस्पताल भर्ना
बलिउड अभिनेता दिलिप कुमारको अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो । सहन सक्ने अवस्थासम्म पनि घरमा नै उनको उपचार भइरहेको थियो ।
आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको भारतिय सञ्चारमाध्यले बताएका छन् । हिन्दी बीबीसीका अनुसार दिलिप कुमारलाई आज बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो । उनलाई त्यहाँको डाक्टरको निगरानीमा उपचार भइरहेको बताइएको छ ।
प्रतिक्रिया