हलिउड फेसन डिजाइन र प्रबल गुरुङले नेपाललाई खोप उपलब्ध गरिदिन अन्तराष्ट्रिय समुदायलाई आग्रह
नेपालमा कोभिड–१९ महामारीको दोस्रो लहरले आक्रान्त भइरहेको अवस्थामा हलिउड फेसन डिजाइनर प्रबल गुरुङले नेपालाई खोप दिलाउन सबै सामु आग्रह गरेका छन् । प्रबलले सीएनएन टेलिभिजनलाई अन्तरवार्ता दिँदै आफू उक्त संस्थामार्फत ग्राउन्ड जिरोमै पुगेर स्वास्थ्य सहायता प्रदान गरिरहेको बताएका छन् ।
सोही क्रममा गुरुङले गैरनाफामूलक सामाजिक संस्था नेपाल राइजिङमार्फत नेपालका विभिन्न अस्पताल र सामाजिक संस्थालाई अत्यावश्यक अक्सिजन सिलिन्डरसहित कोभिड उपचारमा प्रयोग हुने सामग्री जुटाउन पहल गरेका हुन् । नेपालमा भाइरसको कारण कठिन परिस्थिती रहेको बताउँदै गुरुङले थप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई सहयोग गर्न आग्रह गरेका छन् । उनले नेपाललाई अहिले खोपको जरुरी रहेको बताउदै खोप दिलाउन सबै सामु आग्रह गरेका छन् ।
"Everyone says this pandemic is an equalizer, it really isn't. It's a mirror to the world on the difference between the haves & have nots."
Fashion Designer @prabalgurung discusses his aid work in homeland #Nepal, and asks the US govt to provide urgently needed #vaccines. pic.twitter.com/LaHhTSJ2o9
— Julia Chatterley (@jchatterleyCNN) June 3, 2021
प्रतिक्रिया