हाँस्य श्रृखंला ‘इकुपिताङ’ ल्याउँदै इकु
लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।
‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन् । श्रृंखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उनी आफै देखिने छन् ।
श्रृखंलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।
योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत श्रृखंलामा समेटिएको छ ।
ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रोसाताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दा समेत दर्शकले मन पराएका थिए ।
दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाग्दा निकै खुसी लागेको सुलेमानले बताए ।
राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको श्रृखंला असार दोस्रो साताबाट प्रसारणमा आउँनेछ सुलेमानले बताए । श्रृखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया