प्रदेश १ मा चलचित्र विकास बोर्ड स्थापना गर्न सरकारसँग माग

‘नेपाल चलचित्रकर्मी महासंघ’ ले प्रदेश १ मा चलचित्र विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारसँग माग गरेको छ । महासंघमा आवद्ध १५ वटा संस्थासँग छलफल पश्चात् बैशाख १५ गते सामुहिक रुपमा प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै विभिन्न मन्त्रालयसंग माग राखिएको हो ।

‘चलचित्र पर्यटन क्षेत्रको रुपमा प्रदेश १, वार्षिक कार्य योजना प्रस्तावना पत्र’ समेत मन्त्रालयमा बुझाइएको थियो । पत्रमा जतिसक्दो चाँडो बजेट विनियोजन गरेर ‘चलचित्र बिकास बोर्ड, प्रदेश नं १’ स्थापना गर्न महासंघले माग गरेको थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष परशुराम चौधरीले बताएका छन् । यसबारेमा प्रदेश सरकार चलचित्र विकास बोर्ड स्थापना गर्न सकारात्मक रहेको बताइएको छ ।