‘फाइभ जी’ को मामलामा बोल्दा अभिनेत्री जुहीलाई २० लाख जरिवाना

बलिउड अभिनेत्री जुही चावलाले ‘फाइभ जी’ रोक्नुपर्ने भन्दै मुद्धा उठाउकी थिइन् । मुद्धा उठाएकै भरमा उनलाई २० लाख जरिवाना तोकिएको छ । ‘फाइभ जी’ मामलामा दिल्ली हाइ कोर्टले उनलाई २० लाख जरिवाना तोकेको भारतिय समाचारमा भनिएको छ ।

उनले केहि दिन अघि ‘फाइभ जी’को विरुद्धमा दिल्ली हाइकोर्टमा एक याचिका दायर गरेकी थिइन् । ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन् । अदालतले जुहीलाई फाइप जीको पब्लिसिटी गरेको र कोर्टको समय दुरुपयोग गरेको भन्दै जरिवाना गरिएको बताएको छ ।