थारु समाजको कथामा निर्मित फिल्म ‘निपुत्र’ सार्वजनिक

थारु भाषाको छोटो फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ। राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उथाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ।
सप्तरीमा खिचिएको फिल्म ऋषिका चौधरी, शोभानंद चौधरी,एमडि आलम,आकाश बिक, आरके पाण्डे,सोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गरेका छन्।
लोकेन्द्र राज चौधरीले निर्माण गरेको फिल्ममा राजु राजदेब चौधरीको कथा ,कोपि कान्छुको मेकअप ,अनिल शाहको छायांकन,निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ। सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको फिल्मले निःसन्तान महिलालाइ हेर्ने सोच परिबर्तन गर्नुपर्नेमा जोड दिएको छ । फिल्मका अन्य २ पार्टहरु क्रमस रिलिज हुने निर्माण पक्ष बताउँछ ।