३ हजार फिल्मकर्मीलाई खोप लगाउन स्वास्थ मन्त्रालयलाई बोर्डको पत्र

कोरोना संक्रमणबाट केहि फिल्मकर्मीको ज्यान गइसकेको छ भने थुप्रै कलाकार तथा प्राविधिक कोरोनाको चपैटामा परेका छन् । उनीहरुलाई खोप लगाउन माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिएको छ । चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रका तीन हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको हो ।

फिल्मकर्मीलाई खोपको माग राख्र्दै बोर्डको कोभिड–१९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कट्वालले उक्त मागसहितको पत्र शुक्रबार स्वास्थ्य मन्त्रालयमा बुझाएका छन् ।पत्र बुझ्दै मन्त्रलालय यसबारेमा सकरात्मक देखिएको र खोपबारे छलफल गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार फिल्मकर्मीलाई मन्त्रालयमा बोलाएको राजले बताएका छन् ।