सुशान्त सिंह राजपुतको वार्षिकीमा पूर्व प्रेमिका अंकिताले छाडिन् सामाजिक सञ्जाल

सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे भारतको सिनेमा उद्योग बलिउडमा चर्चित नाम हो ।

टेलिभिजन शो ‘पवित्र रिश्ता’बाट अभिनेत्री अंकिता लोखण्डे र अभिनेता सुशान्त सिंह राजपूतले दर्शकको मन जितेका थिए ।टेलिभिजन क्षेत्रको चर्चित नाम हो मानव र अर्चना ।

जी टिभीबाट प्रसारण भएको “पवित्र रिश्ता बाट यो जोडीको चर्चा घरघरमा भयो । उनीहरुको अभिनयलाई दर्शकले अत्याधिक मनपराएका थिए ।

टेलिभिजनमा अनस्क्रिन जोडी बनिरहँदा अफस्क्रिनमा पनि उनीहरुको जोडी जमेकै थिए । ६ वर्षसम्मको डेटपछि उनीहरु अलग्गिने निर्णय लिए । जुन निर्णय दर्शकका लागि चिन्ताको विषय बनेको थियो ।

गत वर्ष सुशान्तको मृत्यु भएपछि अंकिता निकै शोकमा डुबिन् । उनले अन्तरवार्तामै सुशान्तको शोकलाई भुल्न नसकेको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने अंकिताले हालै एक पोस्ट शेयर गरिन् । जुन पोस्टले उनका फ्यान दुःखी बनेका छन् । उनले आफू केही समयका लागि सामाजिक सञ्जालबाट टाढिने जनाएकी छन् । उनको यो पोस्ट सुशान्तको वार्षिकी भन्दा ठिक अघिल्लो दिन आएको हो ।

‘यो अलविदा होइन । तपाईंसँग पछि भेट्नेछु’, उनले लेखेकी छन् । अंकिताले सामाजिक सञ्जाल केही समयका लागि छोड्ने निर्णय किन लिइन भन्ने कुराको कसैलाई जानकारी छैन ।

अंकिताले सामाजिक सञ्जाल छोडेको यो पहिलोपटक भने होइन । सुशान्तको निधनपछि उनी निकै लामो समयसम्म सामाजिक सञ्जालबाट टाढिएकी थिइन् ।