कारमा घुमिरहेका टाइगर र दिशाविरुद्ध एफआइआर दर्ता
अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गराएको छ । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो ।
उनीहरुले बाहिर निस्कनुपर्ने ठोस कारण बताउन नसकेपनि उनीहरुको कागजात हेरेर छोडिदिएका थिए । अहिले भने प्रहरीले सबै कुराको जाँच गरेपछि दुवैका विरुद्ध एफआइआर दर्ता गराएको हो ।
दुई दिन अघि दिउँसो दुई बजे मुम्बईको बेडस्टेण्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको थियो । अब भने प्रहरीले घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको छ ।
मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ ।
मुम्बई प्रहरीका अनुसार दुवैविरुद्ध धारा १८८ अनुसार उजुरी दर्ता गरिएको छ । अहिले यो मामलामा दिशा र टाइगरलाई पक्राउ गरिएको छैन । किनकी यो जमानती अपराधको श्रेणीमा पर्दछ ।
मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए । टाइगर कारको पछाडि सिटमा बसेका थिए भने दिशा अगाडि सिटमा बसेकी थिइन् । दुई कलाकारको आधार कार्ड चेक गरेर प्रहरीले उनीहरुलाई छाडेको थियो ।
प्रतिक्रिया