निषेधाज्ञामा स्वस्थ रहन राजेशको टिप्स

सरकारले कोरोनाको दोस्रो भेरियन्टबाट सर्वसाधारणलाई जोगाउन एक महिनादेखि देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा भएपछि अहिले सर्वसाधारणको दैनिकी घरमै बसेर खाना बनाउने खाने सुत्ने देखि टिकटकमा रमाइरहेका छन् । यसरी घरमा नै लामो समयसम्म बस्दा मानसिक लगायत बिभिन्न समस्या देखिने भएकाले अभिनेता राजेश हमालले स्वस्थ रहन टिप्स दिएका छन् ।
उनले सामाजिकसञ्जाल फेसबुकमार्फत सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले म राजेश हमाल भन्दै सुरु गरेको भिडियोमा उनले लकडाउनले मानसिकतामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् । समाचारका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत सुझाव दिएका छन् । उनले स्वस्थ रहनका लागि एक्सरसाइज, खाना बनाउने, बगैंचा सफा गर्ने, चुट्किला सुन्न, हिँडडुल गर्न, पुस्तक पढ्न र लेख्नमा आफुलाई ब्यस्त राख्न आग्रह गरेका छन् ।
बेला बेलामा उनले आफुले जानेको र बुझेको कुराहरु आम मानिसलाई बाँड्दै आएका छन् । घरमा बसेको बेला व्यायाम गर्नका साथै अन्य क्रियाकलापमा लाग्न समेत आग्रह गर्दै आएका छन् । केहि दिन अघि सरकारले राजनितिक खिचतानीमा नलागी जनतालाई खोप ल्याएर बचाउन आग्रह गरेका थिए । आम मानिसलाई भित्रमात्रै थुनेर नराख्न सुझाव दिएका थिए ।