प्रदर्शनअघि नै ‘भूत पुलिस’लाई २० करोड फाइदा

सेफ अलि खान अभिनित हरर कमेडि फिल्म ‘भूत पुलिस’को सर्वाधिकार स्टार नेट्वर्कलाई बिक्री गरिएको छ।

निर्माता रमेश तौरानीले स्टारसँग ६० करोडमा फिल्मको सम्झौता गरेको बलिउड हंगामाले जनाएको छ।

चुंकी पवन कृपलानीले निर्देशन गरेको फिल्मको बजेट ४० करोड रुपैयाँ हो। फिल्म निर्मातालाई सर्वाधिकार बिक्रीमार्फत् मात्र २० देखि २५ करोडसम्म फाइदा हुने देखिएको छ।

फिल्ममा सेफका साथै अर्जुन कपूर, यमी गौतम र ज्याकलिन फर्नान्डेजको मुख्य भूमिका रहेको छ।

फिल्म आउँदो सेप्टेम्बर १० देखि सिनेमाघरमा प्रदर्शन हुने भनिएको थियो। तर, कोरोना भाइरस महामारीका कारण फिल्म ओटीटी प्ल्याटफर्ममार्फत् रिलिज हुने भएको छ।