तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दै खुसी

एक समय बलिउडमा तहल्का मच्चाएकी स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुर अभिनयमा डेब्यु गर्ने भएकी छन् । भारतिय समाचारका अनुसार खुसीले तेलूगु फिल्मबाट अभिनय गर्दै फिल्म क्षेत्रमा आउन लागेकी हुन् ।
उनी निर्माता दिल राजले खुशीलाई तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गराउँदैछन् । फिल्ममा अभिनयका लागि खुसीले इच्छा देखाएको कारण दिलले उनलाई फिल्ममा लिन लागेका हुन् । दिल राजुको खुसीको बुबा बोनी कपुरसँग राम्रो सम्बन्ध रहेको कारण पनि खुसीलाई फिल्ममा डेब्यु गराउन गारो नपरेको भारतिय मिडियोको भनाई छ ।
उनले आमाको जस्तै अभिनय गर्ने निर्माणपक्षको बुझाइरहेको छ । बोनीले दिल राजुसँग मिलेर पवन कल्याण अभिनित तेलुगु फिल्म ‘वकील साब’ पनि निर्माण गरेका थिए । यसैफिल्मबाट दिल र पवनबीचको सम्बन्ध सुमधुर रहेको थियो ।