१७ विधामा ‘रेस्क्यू म्युजिक अवार्ड गरिदै

रेस्क्यू क्रियशनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय क्रियशनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो ।

संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैंयाँ दिइने बताए । ‘स्रष्टाको मेहनतको कदर गर्न हामीले अवार्ड आयोजना गर्न लागेका हौं । त्यसकारण अवार्डसँगै थोरै भए पनि नगद दिन लागेका हौं’, अधिकारीले भने ।

आयोजकले १७ विधाअन्तर्गत विधागत नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘आउटस्टेण्डिङ लिरिसिस्ट(पप÷मोडर्न÷फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक कम्पोजर (पप÷मोडर्न÷फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक एरेञ्जर(पप÷मोडर्न÷फिल्म)’, ‘आउटस्टेण्डिङ मेल भोकल(पप÷मोडर्न÷फिल्म)’, ‘आउटस्टेण्डिङ फिमेल भोकल(पप÷मोडर्न÷फिल्म)’ छन् ।
त्यस्तै ‘आउटस्टेण्डिङ लोकदोहोरी भोकल(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी लिरिसिष्ट(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी मेलोडी(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ मेल आर्टिष्ट (पप÷मोडर्न÷लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ फिमेल आर्टिष्ट (पप÷मोडर्न÷लोकदोहोरी)’ छन् ।
यसैगरी ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो सिनेमाटोग्राफर(पप÷मोडर्न÷लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो एडिटर(पप÷मोडर्न÷लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो कोरियोग्राफर(पप÷मोडर्न÷लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो डिरेक्टर(पप÷मोडर्न÷लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो अफ द इयर(पप÷मोडर्न÷लोकदोहोरी)’ छन् । अवार्डमा ‘आउटस्टेण्डिङ होस्ट इन ए टक शो’ र ‘आउटस्टेण्डिङ होस्ट इन ए न्यूज एंकर’ विधा छन् ।

समनका अनुसार अवार्ड वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । ‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पु¥याउनेलाई दिनेछौं’, समनले भने ।