गायकले मार्ने धम्की दिएर प्रेमिका बलात्कार गरेको आरोप
हलिउड गायक मर्लिन मन्सन (ब्रायन वार्नर)लाई फेरि बलात्कारको आरोप लागेको छ । थुप्रै पटक बलात्काकार तथा सेक्सुअल हेरेस्टमेन्टको आरोप खेप्दै आएका उनलाई अहिले फेरि जेन डो नामक एक महिलाले उनीमाथी बलात्कारको आरोप लगाएकी छन् ।
त्यहाँको संचारमाध्ययमकका अनुसार मर्लिनसँग आफु १० वर्ष डेटमा रहेको र २०११ मा मर्लिनले कयौं पटक आफ्नो बलात्कार गरेका ती महिलाको भनाई छ । साथै ति महिलाले आफुलाई मर्लिनले अन्य महिलालाई बलात्कार गरेको भिडियो समेत देखाएको दावी गरेकी छन् ।
एक कार्यक्रममा ति महिलालले भनेकी छन्,‘गायकले ज्यान मार्ने धम्की दिएर सेक्सका लागि बाध्य बनाएका थिए । पछि उनको घरको साँचो फर्काउन गएको थिए । सो समय पनि ज्यान मार्ने धम्की दिएर बलात्कार गरे ।’
प्रतिक्रिया