गोस्वामीको “हिमालै राम्रो हिउँले” सार्वजनिक

लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक राज के गोस्वामी आफ्नो बिल्कुलै नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका गायक गोस्वामी यसपटक ‘हिमालै राम्रो हिउँले‘’ बोलको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन् ।

‘कोशिश–२’ शीर्षकको एल्बममा समावेश भएको यो गीतलाई विक्रम थापाले संगीतबद्ध गरेका छन् भने सुमन कुँवर यो गीतका रचनाकार हुन् ।सन्दिप कार्कीले प्रस्तुत गीतमा संगीत संयोजन गरेका छन् गीतलाई पूर्ण रुपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ ।भिडियोमा बिजेश पौडेल तथा पूजा धामीलाई भिएफएक्समार्फत नै प्रस्तुत गरिएको छ ।भिडियोलाई बिजेश पौडेलले नै निर्देशन गरेका छन् भने भिएफएक्स तथा सम्पादन पनि उनैले गरेका हुन् । निशा पौडेलद्वारा छायांकन गरिएको उक्त भिडियोलाई नेपाली टचले प्रस्तुत गरेको हो ।