फिल्म उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत शुल्क छुट, इजाजत र नवीकरण शुल्क पनि नलाग्ने

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म  उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको साथै, फिल्म क्षेत्रलाई आर्थिक वर्ष २०७८ ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको पौडेलले बताएका छन् ।

पहिलो र दोश्रो चरणको कोरोनाको महामारीका कारण फिल्मक्षेत्र ठूलो समस्यामा परेको छ । प्रदर्शकहरुले लकडाउन र निषेधाज्ञाको समयमा लाग्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न सरकारसँग माग गर्दै आएका छन ।