करिश्माद्धारा ३ दर्जन प्राविधिकलाई सहयोग

निषेधाज्ञा भएपछि काम विहिन बनेका फिल्मका प्राविधिहरुलाई विहान बेलुका छाँकटार्न धौँ धौँ परेको अवस्थामा अभिनेत्री करिश्मा मानन्धरले सहयोग गरेकी छन् । दैनिक हातमुख जोहो गर्न समस्या परेका ३० भन्दा बढी प्राविधिक परिवारलाई सहयोग गरेकी हुन् ।

उनले चामल, दाल, तेल, नुन र ग्याँस भर्नको लागि जनही १५ सयको दरले सहयोग गरेकी हुन् ।प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फिल्मकर्मीलाई सहयोगको लागि अपिल गरेपछि केहि दिन यता कलाकारलले प्राविधिहरुलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आइरहेका छन् । गत वर्ष अभिनेत्री करिश्माले घरैमा बोलाएर पनि थुप्रै मान्छेहरुलाई खाद्यान्न सहयोग गरेकी थिइन् ।