राजाका पालामा जे पनि आदेशमा चल्थ्यो अहिले अध्यादेशमा चल्छ –दीपक

हास्यकलाकार दीपकराज गिरी समय अनुसार लेख्न बोल्न माहिर मानिन्छन् । उनले आज सामाजिक सञ्जालमार्फत गणतन्त्रको शुभकामना सहित राजाका पालामा जे पनि आदेशमा चल्थ्यो अहिले गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ भन्दै व्यंग्य गरेका छन् ।

उनले थप लेखेका छन्,‘राजाका पालामा संसद भनेको पंचायतको अंग । गणतन्त्रमा चाहि संसद भनेको भंग का भंग गणतंत्रको दिवसको शुभकामना !’