सौरभको ‘गुराँस’ले जित्यो १४ लाखको स्क्रिप्ट फन्ड

सौरभ राईको निर्देशनमा निर्माण हुने फिल्म ‘गुराँस’ ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो (नेपाली १४ लाख रुपैयाँ) हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो ।

उनको यसअघि फिल्म ‘निम्तो’ ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज प्राप्त गर्न सफल भएको थियो । यस फिल्मलाई आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले निर्माण गर्न लागेका छन् । फिल्ममा आइसफलसँगै सञ्जय गुलाटी र क्राउलिङ एन्जलको पनि सहकार्य रहनेछ । निर्देशक राईले फिल्मको स्क्रिप्टमा निकै मिहिनेत गरिएको र फिल्म पनि उत्कृष्ट निर्माण गर्ने बताएका छन् । आइसलफ प्रोडक्सनको व्यानरमा फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा रहेको छ ।