प्रियंका सरकारलाई सुझाव स्वरुप लेख्छिन् –जनता रहे त देश रहन्छ नि होइन र ?

कोरोनाका कारण ७ हजार भन्दा नेपालीले ज्यान गुमाइसकेका छन् भने सरकार यो रोग नियन्त्रण गर्न चित्तबुझ्दो तरिकाले लागि परेको छैन । सरकार तथा पाटी भित्रकै किचलोका कारण अहिले सारा अस्तव्यस्त बनेको छ भने देशभर निषेधाज्ञा छ ।

देश कोरोनाले ग्रस्त बनिरहेको बेला सरकारले देशमा गणतन्त्रको उल्लास मनाइरहेको छ । यसबारेमा अभिनेत्री प्रियंका कार्कीले देशको समस्या नियन्त्रणमा सरकार लाग्न सुझाव दिएकी छन् । जनताले चुनाव नचाएको भन्दै अहिले देशमा भइरहेको विकरल समस्या नियन्त्रण गर्न सामाजिक सञ्जालफेसबुकमा उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् –

‘हाम्रो नेपाल सरकार प्रति बिनर्म अनूरोध!
आखा खोलेर एक़ पटक निहालेर देशको स्तिथि हेरनूस! आहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिदैन! यो आहिले प्राथमिकतामा पर्देंन। यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ? देश हाक़ने शक्ति, देशलाईं प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र ज़िम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?
हज़ारौको दरले दैनिक कोरोना संक्रमितहरू बडिरहेका छन, अस्पतालमा ठाउ छैन, वेंटिलेटर छैन, अक्सिजन छैन, जनताले VACCINE लाउन पाएको छैन, निशादेज्ञा चलिरहदा जनताले दुइ छाक खान पाएका छैनन, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जून काम खासमा यो सरकारको हो!
यो सब देखदा देखदै पनि आहिलेको नाज़ुक घड़ीमा ४० अरब चूनावमा खर्च ग़र्ने? देश र जनतालाई साचै यही चाहिएको हो त यो समयमा?
बुझ पचाएर बस्ने?
अझै पनि आफूले आफुसंग नज़र मिलाउन सकछौ ए सरकार? राति निंद्रा रामरो लागछ?
तिम्रो देश जलिरहेको छ। जनताहरू मरीरहेका छन। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।
अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझनुस!
४० अर्ब OXYGEN CYLINDERS, ICU WARDS, VENTILATORS, HEALTHCARE SYSTEM, FREE VACCINES FOR ALL मा खर्च गरनुस!
यो प्राथमिकतामा परे जनता खुशी पनि हुँथे, राहत पनि मिल्थ्तो।
जनता रहे त देश रहनछ नि होइन र ?
चुनाव त बिस्तारी समय परिस्थिति ठीक भाएपछि गरौला नि!
चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाऊने लायक काम गरेर त देखाऊनुस पहिले।
बिनर्म अनुरोध।
– प्रियंका कार्की