निषेधाज्ञाको मारमा परेका प्रविधिकलाई राहत जुट्दै

सरकारले कोरोना नियन्त्रणका लागि लागु गरेको निषेधाज्ञाका कारण समस्यामा परेका फिल्म प्राविधिकहरुका लागि देश तथा विदेशमा रहेका कलाकारहरुले सहयोग गर्न थालेका छन् ।

कोरोनाका कारण प्राविधिको घरको चुलो बल्न छाड्ने अवस्था आएका कारण चिन्तित बनेका प्राविधिकको लागि कलाकार निर्मल शर्माले २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । उनले नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई बुधबार शो रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम संघको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’मा जम्मा गरिएको बताए । अमेरिकामा रहेका नायक जीवन लुइटेल, राजबल्लभ कोईराला, निरज बरालले ५१–५१ हजार रुपैयाँ विपद् व्यवस्थापन कोषमा सहयोग गरेका छन् । त्यस्तै, अमेरिकामै रहेका अभिनेता गणेश उप्रेतीले ५० हजार, मुकेश आचार्यले २१ हजार, बेल्जियममा रहेका कलाकार तथा निर्माता तेजेन्द्र कँडेलले १५ हजार रुपैयाँ सहयोग गरेको छन् ।

कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । बुधबार नै अभिनेत्री सुमिना घिमिरेले प्राविधिकहरुका लागि खाद्यान्न सहयोग गरेकी छिन् । उनले र पेशाले पाइलट रहेका उनका श्रीमान् रोशन सापकोटाले ४० प्राविधिक परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । नेपालमा १५ सय भन्दा बढि फिल्मका प्राविधिकहरु रहेका छन् ।