फिल्म समिक्षालाई लिएर सलमानले हाले समिक्षक विरुद्ध मुद्धा
बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधे’ को समिक्षालाई लिएर मुद्धा दर्ता गराएका छन् । सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको हो । फिल्मको खराव समिक्षा गरेको भन्दै मुद्धा हालिएको केआरकेले आफैं ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् ।
उनले आफुलाई मुद्धा दर्ता परिसकेपछि अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै ‘फिल्म गतिलो नबनाउने अनि आफुलाई मुद्धा हाल्ने । राम्रो फिल्म बनाउनुपर्यो नि’ फिल्म राधेको आलोचना गर्दै केआरकेले ट्वीट गर्दै फिल्म राधेमा के खास छ, यो मलाई थाहा नै भएन ।
फिल्म दुबईमा हेरेको र फिल्मको पहिलो हाफ हेरेलगत्तै आफुले रिभ्यु गरेको भनेर लेखेका थिए । त्यस्तै आफुलाई सलमान खानको टिम समेत मन नपरेको भन्दै फिल्म समीक्षा गरेको गरेका थिए । यसबारेमा असन्तुष्ट बनेका सलमानले (केआरके) विरुद्ध मुद्धा हालेका हुन् ।
प्रतिक्रिया