अमेरिकामा बस्दै आएका राजवल्लभको फिल्ममा फर्किने इच्छा

नेपाली फिल्ममा अभिनय गर्दागर्दै अमेरिका भासिएका अभिनेता राजवल्लभ कोइराला पुनः नेपाली फिल्ममा फर्किने इच्छा देखाएका छन् । स–परिवार अमेरिकामा रमाइरहेका कोइराला नेपाली फिल्ममा फर्कने इच्छा व्यक्त गरेका हुन् ।

एक समय नेपाली फिल्ममा व्यस्त बनेका उनी अमेरिका हानिएका थिए । अहिले कोरोनाको त्रासमा नेपाली घर परिवार र आफन्तका साथै आफ्नो फिल्म क्षेत्र सम्झिएका हुन् । .उनले एक अन्तरबार्तामा भनेका छन्,‘म ढिलोचाँडो फिल्ममा अवश्य आउँछु । तर, कहिले आउँछु भन्ने थाहा छैन ।’
फिल्ममा फर्किएपछि लगानीकर्ताको पैसा फिर्ता गर्नेगरि नै कम ब्याक हुने उनले बताए । उनले नेपाली कलाकारले अहिले ५० लाखको जुन डिमाण्ड गरिरहेका छन् । यसबारेमा आफ्नो धारण राख्दै कोइरालाले नेपाली फिल्मको बजार र दर्शक हेरेर कलाकारलाई पारिश्रमिक डिमान्ड गर्न सुझाव समेत दिएका छन् । उनले आफुले फिल्ममा अभिन गर्दा फिल्मले लगानी उठाउन नसकेको स्मरण गर्दै आफुले महंगो पारिश्रमिक माग गर्न छाडेको बताए ।
उनले आफ्नो समयमा आफुले एउटा फिल्म बराबर ३ लाखभन्दा बढी पारिश्रमिक नलिएको र कथावस्तु राम्रो भएको फिल्ममा डेढलाखसम्म लिएको कोइरालाको भनाई छ ।
‘पर्खि बसेँ’बाट अभिनय करियर थालेका राजवल्लभले ‘छोडी गए पाप लाग्ला, अपवाद, हाइवे टु धम्पुस, मसान’ लगायत फिल्ममा अभिनय गरेका कोइरालाको समीक्षात्मकरुपमा रुचाइएका थिए ।