मनकारी सोनु : लकडाउनमा जागिर गुमाएका युवालाई दिए जागिर

बलिउड अभिनेता सोनु सुदलाई भारतमा भगवानका रुपमा मान्ने गरिन्छ । किनभने उनले दुखी तथा असाहयका लागि राहत दिदै आएका छन् । उनले सन् २०२० देखि लगातार मानिसहरुको सहयोगमा जुटिरहेका छन् । कोरोनाका कारण अफ्ठ्यारामा परेका सयौँ मान्छेको उद्धार गरेका सोनुलाई अहिले भारतका विभिन्न प्रदेशमा पुजा नै गर्ने गरेका छन् ।

सोनु आफ्ना अगाडि कसैले केही समस्या राख्यो कि उक्त समस्या समाधान गर्न तत्पर देखिन्छन र गरि पनि दिन्छन् । उनले कोरोनाबाट अफ्ठ्यारामा परेको सयौँ मान्छेको उद्धार गर्दै आइरहेको सिलसिला लगातार जारी रहेको छ । अहिले कोभिडको दोस्रो भेरियन्टका कारण सरकारलेदेशै भर निषेधज्ञा जारी गरेको अवस्थामा सोनुले सहयोगको एक भिडियो भाइरल भएको छ । जसमा एक युवकको जागिरका लागि उनले पहल गरेर जागिर पक्का गरिदिएका छन् ।

भिडियोमा जब जागिर पक्का हुन्छ । ति युवक सोनुको अगाडि रुन थाल्छन् । ति युवकको यस्तो क्रियाकलाप देखेर सोनु सम्झाउँछन् । भन्छन् ‘नरुनुहोस्, खुसी हुनुहोस् । अब नोकरी भइहाल्यो नि ।’ ति युवक खुसी भएर अभिनेताको खुट्टा समेत छुन्छन् । पछिल्लो समय सोनु मानिसहरुलाई अक्सिजन, इन्जेक्सन र अस्पतालमा बेड दिलाउन समेत सहयोगमा जुटिरहेका छन् । एक दिन पहिले मात्र उनले आन्द्र प्रदेशमा कुरनुर अक्सिजन प्लान्ट सेट स्थापना गराएर त्यहाँका बासिन्दालाई सहयोग गरेका थिए ।