गायक तथा सञ्चारकर्मी शेर्पाले बनाए अर्को रेकर्ड

गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले फेरि एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन्। उनले विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड शेर्पाले राखेका हुन् ।

शेर्पाले सन् २००४ मा ‘गीत एक अक्षरको’ नामक एल्बममा देवनागरी लिपिको एक अक्षर ‘म’ मात्रै प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए, भने हालै त्यही गीतलाई यूकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार गर्यो ।
यसैको आधिकारिक प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्व कै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्डसमेत शेर्पाले राख्न सफल भएका हुन् ।