आमा बनेपछि श्रेयाले लेखिन्,‘यो भावुक पल हो जुन मैले पहिलो कहिलै महशुस गरेको थिइनँ’
आमा बनेपनि बलिउडकी चर्चित पाश्र्व गायिका श्रेया घोषालले यस्तो भावुक पल कहिलै नभोगेको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकहरुलाई सो कुरा बताएकी हुन् ।
३७ बर्षकी यी गायिकाले आमा बनेपछि सामाजिक संजालबाट आफ्ना फ्यानलाई लेखेकी छिन,‘इश्वरले हामीलाई एक छोराको आर्शिवाद दिनुभएको छ । यो यस्तो भावुक पल हो, जुन मैले पहिले महशुस गरेकी थिइनँ । शिलादित्य र म मेरो परिवारको साथमा निकै खुशी छौं ।’
बिहे गरेको ६ बर्षपछि श्रेया आमा बनेकी श्रेयाले शनिबार छोरालाई जन्म दिएकी छन् ।
हर्षका आँसु खसाल्दै श्रेयाले आफूहरुलाई आर्शिवाद दिने सबैलाई धन्यवाद दिएकी छिन् । उनले ६ बर्ष अघि शिलादित्यसँग बिहे गरेकी थिइन् ।
गायिका घोषालले सामाजिक सञ्जालमार्फत गत मार्च महिनामा आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । उनको स्वरमा ‘बैरी पिया, छलक छलक, मोरे पिया, दिल डोला रे’ जस्ता गीतहरु चर्चित रहेका छन् ।
प्रतिक्रिया