दीपक लेख्छन्,‘प्लाष्टिकको भन्दा पाटीको झोला खतरनाक’

देशमा राजनितिक उथलपुथलले कोरोना झन् भयानक हुने अवस्था सिर्जना भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको बिषयमा विभिन्न राजनितिक विरोधका साथै आममानसमा यसकोे चौतर्फी आलोचना भैरहेको छ ।

अहिले केही पाटीका कार्यकर्ताले आफ्नो पाटीको समर्थन र अर्को पाटीको विरोध गरिरहेको अवस्थामा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत तिखो ब्यङ्ग्यगरेका छन् । उनले प्लास्टिकको झोलाभन्दा खतरनाक पार्टीको झोला भएको उल्लेख गरेका छन् ।  दीपकले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्लास्टिकको झोला भन्दा खतरनाक रहन्छ पार्टीको झोला, जसले बोक्यो त्यसको आँखा अन्धो ! कान बहिरो ! ! बुद्धिमा ढकन ।’

उनले अहिले प्लास्टिकको झोलाभन्दा पार्टीको झोला त्याग्नुपर्ने बताएका छन् । पाटीको झोला बोकेर आफुनो समय खेर फालिरहेको धारणा दीपकराज गिरीको छ । उनले बेला बेलामा समय सापेक्ष कुराहरु समाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् । एक साता अघि मात्रै अव कोरोनाकाल भर नकरात्मक कुरा नलेख्ने समेत उनले अठोट गरेका थिए ।