कोरियाली पप-ब्यान्ड बीटीएस नयाँ गीतले राख्यो युट्युव कीर्तिमान
दक्षिण कोरियाली पप-ब्यान्ड बीटीएसको नयाँ गीतले आफ्नै पूर्वकीर्तिमान तोड्दै युट्युवमा २४ घण्टामा सर्वाधिक पटक हेरिने गीतको कीर्तिमान राखेको छ ।
हलिउड संचारमाध्यमका अनुसार बीटीएसको पछिल्लो गीत बटरलाई २४ घण्टमा युट्युवमा ११६ मिलियन (१६ करोड १६ लाख) भन्दा बढी पटक हेरिएको छ । ब्यान्डकै अघिल्लो गीत डायनामाइटलाई चाहिँ १०१.१ पटक हेरिएको थियो ।
गत मे २१ तारिखमा ब्यान्डको डान्स-पप ट्रयाक ‘बटर’ युट्युवमा रिलिज भएको थियो । रिलिज भएको दुई घण्टाभित्रै यो गीतले अमेरिकाको आईट्युन चार्टको पहिलो स्थान ओगटेको थियो ।
प्रतिक्रिया