अजयको फिल्म ‘मैदान’को ३० करोड सेट ध्वस्त
भारतमा चक्रवाती तुफान ‘ताउ ते’का कारण अजय देवगणको फिल्मको सेट भत्किएको छ । भारतको महाराष्ट्रमा आएको तुफानले अजय देवगणको मुख्य भूमिका रहेको फिल्म ‘मैदान’को सेट ध्वस्त बनाएको हो । यसबाट निर्माताले ३० करोड भन्दा बढी घाटा व्यहोर्नुपरेको भारतिय मिडियाले जनाएको छ ।
यस फिल्मका निर्माता बोनी कपुरले यो सेट तयार गर्नका लागि ३० करोड भन्दा बढी खर्च भैसकेको र फिल्मको छायांकन अझै बाँकी रहेको बताएका छन् । भारतीय मिडियासँगको कुराकानीमा भनेका छन्,‘सेट पूर्ण रुपमा नै ध्वस्त भएको छ । अब, हामीले तेश्रो पटक यो चलचित्रको लागि सेट बनाउनुपर्नेछ । पहिलो पटक लकडाउन भएपछि हामीले तयार भएको सेट तोड्नुपरेको थियो । यदि, लकडाउन नभएको भए यतिबेलासम्म चलचित्रको छायांकन सकिन्थ्यो । तुफानका कारण पिचको छोडेर सेट सबै खराब भएको छ ।’
तुफान आएको समयमा फिल्मको सुटिङ सेटमा ४० जना मानिसहरु उपस्थित रहेको समेत उल्लेख गरिएको छ । अभिनेता अजय देवगणले यो फिल्म सेटमा निकै दृश्यको छायांकन गर्ने तयारी भएको समेत निर्माणले भारतिय सञ्चारमाध्यमा भनेका छन् ।
प्रतिक्रिया