रमित र दीलिपद्धारा भुटानी शरणार्थीलाई खाद्यान्य वितरण

अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुंगानाले पूर्वी मोरङको पथरी –शनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्य वितरण गरेका छन् । उनीहरुले शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका हुन् ।

प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको हो । यसबारेमा फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक दीलिप रायमाझीले जानकारी दिए । डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेसनले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो । सो राहत वितरण गर्न पनि दीलिप रायमाझी शिविरमा पुगेका थिए ।