फिल्म ‘हिटलर’ युट्युबमा सार्वजनिक

फिल्म ‘हिटलर’ युट्युबमा सार्वजनिक भएको छ । सौरभ ढकालले निर्देशन गरेको फिल्म रेड बर्ड प्रोडक्सनको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो । अष्टनारायण पिक्चर्सले यो फिल्म निर्माण गरेको हो ।

फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय छ । फिल्ममा लोचन घिमिरेको संगीत, सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुन राज पौडेलको छायांकन छ । किचमान चित्रकारको कन्सेप्ट र कथा रहेको फिल्ममा बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता, चिनिमाया मानन्धर निर्माता छन् ।