वर्षा राउतको मन पर्ने फिल्म ‘गोपि र जात्रा’

फिल्ममा भन्दा बढि म्युजिक भिडियोमा व्यस्त रहने अभिनेत्री वर्षा राउतले निकै फिल्ममा अभिनय गरिसकेकी छन् । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षाले हालै दुइ वटा फिल्म मनपर्ने बताएकी छन् ।

वर्षालाई उनका फुयानले ‘जात्रा र गोपी’ मध्ये कुन फिल्म मनपर्छ भनेर प्रश्न राखेका थिए । उनले सोधेको प्रश्नको उत्तर ‘जात्रा’ सिक्वेलको आफू फिचर पोस्टर सामाजिक सञ्जालमा पोट्याएकी छन् । जसमा लेखेकी छन्, ‘मलाई दुवै फिल्म मनपर्छ । तर, ‘जात्रै जात्रा’ मलाई व्यक्तिगत रुपमा मनपर्ने फिल्म हो ।’ उनले फिल्म ‘मेरो पैसा खोई ?, गोपी, चौका दाउ’मा अभिनय गरिसकेकी छन् भने फिल्म ‘दुई नम्बरी’ निकै भाग खिचेर अधुरै रहेको छ भने ‘के घर के डेरा’ छायांकन अनिश्चित बनेको छ ।